आईतवार, जेष्ठ ३,२०८३ 01:11:16
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:11:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती

Laxmi Sunrise Bank Limited
नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने समझदारी भएको छ । राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासको निम्ति नेपालको National Payments Interface (NPI) र भारतको Unified Payments Interface (UPI) को प्रणालीलाई एकीकृत गर्ने सम्बन्धमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्बन्धमा समझदारी भई एक Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा गत फागुन ३ गते भारतको मुम्बईमा आयोजित कार्यक्रममा सो सम्बन्धी द्विपक्षीय समझदारीको Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो । TOR मा नेपाल राष्ट्र बैंकका तर्फबाट विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र भारतीय रिजर्व बैंकको तर्फबाट भुक्तानी तथा फछ्र्यौट विभागका चिफ जनरल मेनेजर गुनबीर सिंहले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच गठित अन्तरदेशीय विद्युतीय भुक्तानीसँग सम्बन्धित Joint Steering Committee पहिलो बैठकसमेत सम्पन्न भएको छ ।

NPI र UPI को भुक्तानी प्रणालीको एकीकृत गर्ने सम्झौताको कार्यान्वयनपछि दुई मुलुकबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहज, सुलभ, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ । 

यसबाट नेपाल र भारतका नागरिकलाई आफ्नो मुलुकमा विप्रेषण ट्रान्सफर, स्वास्थ्य उपचार, भ्रमण खर्चको भुक्तानीका निम्ति सहज हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा NPI र  UPI बीच अन्तरआबद्धताको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतको एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (NIPL) बीच सन् २०२३ जुनमा समझदारीपत्र आदानप्रदान भएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.