आईतवार, असार १,२०८२ 10:49:48
  • आईतवार, असार १,२०८२ 10:49:48
Global IME Bank Limited

दक्षिण कोरियामा अत्यधिक मागका कारण सुनको अभाव, बैंकहरुलाई बिक्रीमा रोक

Hyundai Nepal
दक्षिण कोरियामा अत्यधिक मागका कारण सुनको अभाव, बैंकहरुलाई बिक्रीमा रोक
Nabil Bank Limited

काठमाण्डौ । दक्षिण कोरियामा सुनको अभाव भएको छ । दक्षिण कोरियाली सरकारद्वारा सञ्चालित टक्सार कम्पनी,‘कोरिया मिन्टीङ एण्ड सेक्युरिटी प्रिन्टिङ कर्पोरेशन(कोम्स्को)ले ‘गोल्ड बार’को अभावको सामना गरेको हो ।  

कोम्स्कोले कोरियामा विभिन्न सेक्युरिटी प्रडक्टहरुको उत्पादन तथा वितरण गर्ने गर्दछ । कोम्स्कोले गत महिना गोल्ड बारको बिक्रीमा रोक लगाएको थियो ।  

कोम्स्कोले दक्षिण कोरियाली वाणिज्य बैंक,स्टोर र अनलाइन सपिङ मलहरुलाई सुन बिक्री गर्ने गर्छ । राजधानी सउलमा भेन्डिङ मेशिनमा नङको आकारको सुन बिक्री भएको दक्षिण कोरियाका स्थानिय मिडियाले बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनको माग अत्यधिक बढेका कारण कोम्स्कोको आग्रहमा दक्षिण कोरियाली सरकारले अल्पकालका लागि बैंकहरुलाई सुन बिक्री गर्न रोक लगाएको छ । यतिबेला दक्षिण कोरियामा माग पुरा गर्नका लागि सुन नभएको जनाइएको छ ।  

घरेलु राजनीतिक संकट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफको विषयले निम्तिएको अनिश्चितताका कारण दक्षिण कोरियाली लगानीकर्ताले सुनको खरिद बढाएका छन् ।  

गत वर्षको चौथौ त्रैमासमा सुनको बार र क्वाइनमा २९ प्रतिशत लगानी बढेको थियो । सो अवधिमा दक्षिण कोेरियामा ५.९ टनको सुन खरिद भएको जनाइएको छ ।  

तर कोरियन वन अमेरिकी डलरको तुलनामा ११ प्रतिशतले घटेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.