मंगलवार, श्रावण १२,२०८३ 01:06:05
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:06:05
Bizshala
Global IME Bank Limited

अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार जित्ने पहिलो नेपाली चिकित्सक बनिन् डा.बोहोरा

अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार जित्ने पहिलो नेपाली चिकित्सक बनिन् डा.बोहोरा
New Office

काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै Osler Cup Award 2025 जित्ने पहिलो नेपाली बनेकी छिन्।

न्यूअर्लेन्स, लुइजियानामा आयोजित उक्त प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका लगायत देशहरूबाट आएका ६० उत्कृष्ट Internal Medicine (IM) रेसिडेन्ट टोलीहरूले भाग लिएका थिए।तीन दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरूले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरूमा सहभागिता जनाएका थिए।

डा. बोहराले American College of Massachusetts chapter र Saint Vincent Hospital प्रतिनिधित्व गरेकी थिइन्।उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाएको छ र विश्वभरका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा चिनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.