काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ३० करोड ९१ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले ६९ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५५ करोड १७ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाख र हा्रसकट्टी खर्च ३३ लाख ६ हजार रहेको छ । साथै कम्पनीको वित्त खर्च १८ करोड १७ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च २० करोड ७८ लाख रहेको थियो । कम्पनीको वित्त आम्दानी ७० लाख १८ हजारबाट घटेर १४ लाख ४६ हजारमा सीमित बनेको छ ।
यस अवधिमा कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)१७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.६६ गुणा र तरलता अनुपात २.९८ प्रतिशत कायम भएको छ ।