आईतवार, असार ८,२०८२ 05:21:34
  • आईतवार, असार ८,२०८२ 05:21:34
Global IME Bank Limited

९६.०७% ले बढ्यो शिवम् सिमेन्टको नाफा

Hyundai Nepal
९६.०७% ले बढ्यो शिवम् सिमेन्टको नाफा
Nabil Bank Limited

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९६.०७ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

यद्यपी कम्पनीले बिक्री आम्दानी भने १०.०१ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीमार्फत ५ अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले बिक्रीमार्फत ५ अर्ब ९९ करोड रुपैयाँ कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको अन्य आम्दानी पनि घटेको छ । अघिलल्लो आवको तेस्रो त्रैमाससम्म १७ करोड ३४ लाख रुपैयाँ रहेको अन्य आम्दानी घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ७१ करोड २ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले चालु आवसम्म ६५ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।  

५ अर्ब ४५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ४६ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.१० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २२८.११ रुपैयाँ र तरलता अनुपात १.६२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.