शनिबार, असार २८,२०८२ 12:21:39
  • शनिबार, असार २८,२०८२ 12:21:39
Global IME Bank Limited

मौद्रिक नीतिबारे विज्ञको धारणा :अर्थतन्त्र चलायमान बनाउने गरी आयो, कृषि,घरजग्गा र सेयरबजारलाई प्राथमिकता

Hyundai Nepal
मौद्रिक नीतिबारे विज्ञको धारणा :अर्थतन्त्र चलायमान बनाउने गरी आयो, कृषि,घरजग्गा र सेयरबजारलाई प्राथमिकता
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सेयर लगानीकर्ता तथा विभिन्न सरोकारवालाहरुबाट बहुप्रतिक्षित मौद्रिक नीति अपेक्षा अनुरुप नै आएको छ । अघिल्ला वर्षहरुमा निकै ढिलो गरि साउन महिनामा मात्रै आउने गरेको मौद्रिक नीति यस वर्ष भने चालु आव नसकिदै आएको छ ।  

विभिन्न नीजि क्षेत्रका ब्यवसायिहरुले लचिलो मौद्रिक नीतिको अपेक्षा गरेकोमा धेरै हदसम्म अपेक्षा अनुरुप नै आएको बताएका छन् । यस विषयमा आज हामीले विभिन्न सरोकारवाला तथा अर्थशास्त्रीहरुलाई आजको मौद्रिक नीतिको विषयमा जिज्ञासा राखेका छौं ।  

यस विषयमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकाल भन्छन् ‘समग्रमा आजको मौद्रिक नीति अर्थतन्त्र चलयमान बनाउने गरी नै आएको छ । विशेष गरि कृषिलाई जोड दिएर आएको यो नीति घरजग्गा र सेयरबजारलाई पनि चलयमान बनाउने नै आयो । पूँजीबजारमा व्यक्तिगततर्फको क्याप १५ करोडबाट २५ बनाउनु सकरात्मक नै हो । यसलाई उपलब्धि नै मान्नु पर्छ ।’

केही विषय अझै सर्कुलरमार्फत पनि आउन सक्ने उनले बताए । मौद्रिक नीति अर्थतन्त्र चलायमान गराउने गरी आएको बताउँदै ढकालले अर्थतन्त्र चलेपछि सबै क्षेत्र चल्ने दावी गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले आजको मौद्रिक नीतिले ३÷४ वटा विषयलाई राम्रोसँग समेटेको बताउँछन् । ‘लगानीकर्ताले पूँजीमा लाग्दै आएको सबै क्याप हट्ने अपेक्षा गरेता पनि व्यक्तिगत तर्फको सेयर धितोकर्जा १५ करोडबाट २५ करोड हुनु राम्रो हो । यस्तै लघुवित्तको लाभांशमा सहज गरिने भनिएको छ,जसलाई सर्कुलरले प्रष्ट पार्ने छ,’ पाण्डेले भने, ‘अर्को भनेको ब्याजदर करिडोर हो । ब्याजदर करिडोर घट्दाको अवस्थामा बचतमा जाने पैसा पनि अब पूँजीबजारमा नै आउने सम्भावना रहन्छ ।’ पाण्डेले मौद्रिक नीतिमा घरजग्गा कारोबारलाई समेत सहज पारिएकाले यसले अर्थतन्त्रलाई चलयमान बनाउनुका साथै पूँजीबजारलाई पनि गति दिने बताए । पाण्डेलै कुनै इन्साइडर सुचना बिना नै मौद्रिक नीति समयमै आउनु पनि सकारात्मक भएको प्रतिक्रिया दिए ।  

त्यसैगरि, अर्थशास्त्री केशव श्रेष्ठले आजको मौद्रिक नीतिले घरजग्गाा र सेयर बजारलाई प्राथमिकतामा राखेको बताए । उनको बिचारमा यस अघिका गभर्नर यी विषयमा सँकुचित देखिएता पनि अब भने घरजग्गा र सेयर बजार बिना अर्थतन्त्र चलयमान हुँदैन भन्ने बुझाइमा राष्ट्र बैंक पुगेको छ ।  

‘सेयर कर्जाको सीमा १० करोडले बढाइएको छ । राष्ट्र बैंकले लघुवित्तको लाभांशमा १५ प्रतिशतको क्याप हट्ने संकेत गरेको छ । यस्तै घरजग्गालाई लोन टु भ्यालु रेसियो ८० प्रतिशतसम्म पुर्याइएको छ,’ उनले भने, ‘पूँजीबजारलाई पुरै कायपलट गर्ने नभएता पनि सन्तुलित रुपमा सकारात्मक भाइब दिने खालको मौद्रिक नीति रहेको छ ।’

विदेशी मुद्रा र मुद्रास्फिीति पनि सन्तुलित राख्ने नीति अबलम्बन गरेकाले मौद्रिक नीति सकारात्मक रहेको उनको ठहर छ । लगानीकर्ताले माग गरेका सबै विषय मौद्रिक नीतिमा नसमेटिएता पनि पछि बिस्तारै यी विषयहरु समेटिनेमा उनले विश्वास समेत व्यक्ति गरे ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.