काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५५.८० प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा संस्थाले ३ करोड २१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.०२ प्रतिशतले बढेको छ । संस्थाले ३६ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ५ करोड ११ लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड २३ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४० करोड १९ लाख र सञ्चालन मुनाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३६९.२५ प्रतिशतले बढ्दै १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भ २८ करोड ५८ लाखबाट बढेर २९ करोड ८९ लाख र रिटेन्ड अर्निङको आकार पनि २ करोड ६४ लाखबाट बढेर १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्ममा १ अर्ब ८३ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब २४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवमा ३.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात ४.८० प्रतिशत पुगेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३०.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६४.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.८६ गुणा र तरलता अनुपात १५.१७ प्रतिशत कायम भएको छ ।