काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व संरचना परिवर्तन गर्न विशेष साधारण सभा डाकेको छ ।
भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ४ गते सुनसरीको इटहरीमा रहेको स्काई लक्सई होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा संस्थाको हाल कायम रहेको जारी पूँजीको ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको सेयर स्वामित्वमा रहेकोमा यसलाई परिवर्तन गरी संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४० प्रतिशत हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागीता जनाउनका लागि योग्य हुनेछन् ।