काठमाण्डौ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आँशीक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।