बुधबार, आश्विन २२,२०८२ 10:44:02
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 10:44:02
IME remit
Global IME Bank Limited

न्यून चापीय मौसम प्रणाली बाहिरिएसँगै कमजोर बन्यो मनसुन, सर्तकता अपनाउन भने आग्रह

Hyundai Nepal
न्यून चापीय मौसम प्रणाली बाहिरिएसँगै कमजोर बन्यो मनसुन, सर्तकता अपनाउन भने आग्रह
Shivam Cement

काठमाण्डौ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो ।  

यद्यपी मनसुन बहिर्गमन भईनसकेको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमति अनुगमन गरिरहेको जनाएको छ । विभागले विभिन्न माध्यमबाट सम्प्रेषण गर्ने अद्यावधिक पूर्वसूचनाको आधारमा सर्तकता अपनाउन समेत सबैमा आग्रह गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेश र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारी देखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यम देखि अति भारी वर्षा मापन भएको छ । उल्लेखित अवधिभरको २४ घण्टे अधिकतम वर्षा महेशपुर, रौतहटमा ३५८ मीमी मापन भएको छ ।

असोज १९ गते बिहान ०८ः४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालितः ७९ र स्वचालितः २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ । जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मीमी भन्दा बढी, ६८ वटा केन्द्रहरुमा १०० मीमी भन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मीमी भन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मीमी भन्दा बढी वर्षा मापन भएको छ। ३०० मीमी भन्दा बढी वर्षा मापन भएका केन्द्रहरुमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मीमी) र कन्याम टि स्टेट केन्द्र ( ३१४.२ मीमी), पर्सा जिल्लाको मुडली केन्द्र (३२८.६ मीमी), रौतहट जिल्लाको महेशपुर केन्द्र ( ३२८ मीमी) र गौर केन्द्र (३१५ मीमी) रहेका छन् ।

अविरल वर्षाका कारण मिति २०८२ असोज १८ अपरान्हबाट उल्लेखित प्रदेश अन्तर्गतका बागमती, त्रिशुली, पूर्वी राप्ती, लालवकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था छ। आज सप्तकोशी नदीले खतरा तह पार गरेको छ र यसका सहायक नदिहरू मुख्यतया तमोर, सुनकोशी र अरुण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ।

त्यसैगरि कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ । 

कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटियक्षेत्र तथा डुवान भइरहने क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा विभागले आग्रह गरेको छ । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.