काठमाण्डौ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले केपी ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले सरकारलाई यस्तो चुनौति दिएका हुन् ।
‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाउ’ उनले भने । यस्तै उनले आफूपनि जेल जान तयार रहेको बताए । ‘मलाई पनि समातेर देखाउनुस्, । राष्ट्रियताका लागि सार्वभौम जनताको हकहितका लागि विधिको शासनको लागि एकपटक होइन महेश बस्नेत सयपटक जेलजान तयार छ,’ बस्नेतले भने ।
उनले बालेन शाह र सुधन गुरुङविरुद्ध परेको जाहेरीका बारेमा छानबिन गर्न समेत आग्रह गरे । यस्तै बस्नेतले जेनजी युवा बदनाम भएकाले डिजिटल जेनेरेशन फोर्स खडा गरी अराजकता अन्त्य गर्ने बताए । उनले यसका लागि देशव्यापी अभियान चलाउने समेत जानकारी दिए ।