काठमाण्डौ । निकोलस सार्कोजी जेल जाने फ्रान्सका पहिलो पूर्वराष्ट्रपति बनेका छन् । लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीबाट आफ्नो चुनावी अभियानका लागि गैरकानूनी रकम जुटाउने षड्यन्त्र गरेको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
दोस्रो विश्वयुद्धपछि फ्रान्सका कुनै पनि नेतालाई जेल हालिएको थिएन । पछिल्लो पटक नाजी सहयोगी नेता फिलिप पेटेनलाई सन् १९४५ मा देशद्रोहको आरोपमा जेल पठाइएको थियो।
सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए। उनले ला सान्टे जेलमा आफ्नो सजायविरुद्ध अपिल गरेका थिए। सार्कोजीलाई यही जेलको आइसोलेसन शाखामा राखिएको छ । उनको सेल लगभग ९ वर्ग मीटर छ।
सार्कोजीले यस मामिलामा आफू निर्दोष रहेको दाबी गरिरहेका छन्। उनका छोरा लुइसले अपील गरेपछि उनको समर्थनमा झण्डै सय जना जेलबाहिर भेला भएका छन् ।