सोमबार, जेष्ठ ४,२०८३ 08:30:07
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:30:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा

Laxmi Sunrise Bank Limited
शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा
Shivam Cement

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  

साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि अधिकांश बदली रहेको छ ।

Bizshala
New Office
CG Motors

पछिल्लो १२ घन्टामा मोरङको हरैँचामा सर्वाधिक वर्षा भएको छ। हरैँचामा १४०.६ मिलिमिटर वर्षा भएको छ।  

त्यसपछि सप्तरीको बरमझियामा १०५.६ मिलिमिटर वर्षा भएको छ । उदयपुरगढीमा ८३.२, गाईघाटमा ७४, मुर्कुची बजारमा ७३।६, चुरेमाईमा ७२.४, लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

हाल कोशी, मधेस , बागमती,  गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात साथै कोशी प्रदेश  र मधेश प्रदेश थोरै स्थानहरुमा, गण्डकी प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.