आईतवार, जेष्ठ ३,२०८३ 04:57:21
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:57:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

३८.६७% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस १६.२७ रुपैयाँ

Laxmi Sunrise Bank Limited
३८.६७% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस १६.२७ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो।

Bizshala
New Office
CG Motors

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३।७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो ।  

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ७६  करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख थियो। कम्पनीले आर्थिक वर्ष २०८०र८१ बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१र८२ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६।२७ रुपैयाँ पुगेको छ।  कम्पनीको प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.