बिहीबार, असार १८,२०८३ 11:02:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:02:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रीनल्यान्डमा सैन्य हस्तक्षेपको सम्भावना न्यून, कूटनीतिक माध्यम नै उपयुक्तः अमेरिकी सभामुख

Laxmi Sunrise Bank Limited
ग्रीनल्यान्डमा सैन्य हस्तक्षेपको सम्भावना न्यून, कूटनीतिक माध्यम नै उपयुक्तः अमेरिकी सभामुख

काठमाण्डौ । अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले ग्रीनल्यान्डमा अमेरिकी सैन्य हस्तक्षेपको कुनै सम्भावना नरहेको बताएका छन्। बीबीसीको कार्यक्रम सन्डे विद लरा कुएन्सबर्ग मा बोल्दै उनले यस विषयमा कूटनीतिक माध्यम नै अगाडि बढ्ने सही बाटो भएको स्पष्ट पारे।

कार्यक्रममा सभामुख जोनसनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही नगरी ग्रीनल्यान्ड हासिल गर्ने योजना कसरी बनाइरहेका छन् भन्ने प्रश्न सोधिएको थियो। जवाफमा उनले भने, ‘मलाई ग्रीनल्यान्डमा सैन्य हस्तक्षेपको कुनै आशंका देखिँदैन। कूटनीतिक च्यानल नै अगाडि बढ्ने बाटो हो।’

New Office
CG Motors
Garima Development Bank

यसक्रममा बीबीसीकी प्रस्तोता लरा कुएन्सबर्गले राष्ट्रपति ट्रम्पका सम्भावित सैन्य धम्कीलाई गम्भीर रूपमा लिनु नपर्ने हो कि भन्ने प्रश्न गरिन्। त्यसमा जोनसनले भने, ‘त्यस्तो होइन। राष्ट्रपतिको भनाइलाई ध्यानपूर्वक लिनुपर्छ। मलाई लाग्छ, मानिसहरूले यसलाई गम्भीरतापूर्वक हेरिरहेका छन्।’

अमेरिकाको सम्भावित रणनीतिबारे अर्को प्रश्नमा जोनसनले भने, ‘मलाई ठ्याक्कै थाहा छैन। राष्ट्रपति कुनै रणनीतिक चाल खेलिरहेका हुन सक्छन्। अब के हुन्छ भन्ने कुरा हेर्न बाँकी छ।’ उनले यस विषयमा राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष छलफल नभएको पनि स्पष्ट गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामुख जोनसनको यो अभिव्यक्ति राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डको मुद्दामा डेनमार्कलाई समर्थन गर्ने मुलुकहरूविरुद्ध भन्सार शुल्क लगाउने घोषणा गर्नुअघि आएको हो। राष्ट्रपति ट्रम्पले बेलायत, फ्रान्ससहित युरोपका आठ देशहरूमा आगामी फेब्रुअरीदेखि १० प्रतिशत ट्यारिफ लागू गर्ने घोषणा गरेका छन्। ती देशहरूले ग्रीनल्यान्डको विषयमा डेनमार्कको पक्ष लिँदै आएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.