शुक्रबार, असार १९,२०८३ 03:54:09
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:54:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाले ‘सबैभन्दा खतरनाक’अपराधी देख्यो ७ नेपालीलाई, डिपोर्ट हुन लागेका ती को को ?(सूचिसहित)

Laxmi Sunrise Bank Limited
अमेरिकाले ‘सबैभन्दा खतरनाक’अपराधी देख्यो ७ नेपालीलाई, डिपोर्ट हुन लागेका ती को को ?(सूचिसहित)

काठमाण्डौ । अमेरिकाले आप्रवासी अपराध नियन्त्रणलाई अझ कडाइका साथ अघि बढाउँदै गम्भीर आपराधिक पृष्ठभूमि भएका विदेशी नागरिकहरूलाई लक्षित गरेको नयाँ विवरण सार्वजनिक गरेको छ। Department of Homeland Security (डीएचएस) र Immigration and Customs Enforcement (आइसीई) ले अद्यावधिक गरेको सूचिमा सात जना नेपाली नागरिकसमेत परेको पुष्टि भएको हो।

New Office
CG Motors
Garima Development Bank

डीएचएसको आधिकारिक प्लेटफर्ममा उल्लेख भएअनुसार, ‘उच्च प्राथमिकता निष्कासन सूची’मा राखिएका व्यक्तिहरू अदालतबाट दोषी ठहर भइसकेका गम्भीर आपराधिक अभियुक्तहरू हुन्। यस अभियानअन्तर्गत विशेषगरी यौन अपराध, नाबालिगमाथि दुर्व्यवहार, लागूऔषध तस्करी, हिंसात्मक आक्रमण र संगठित ठगीजस्ता मुद्दामा संलग्न व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ।

डीएचएसले आफ्नो सन्देशमा स्पष्ट रूपमा भनेको छ कि संघीय निकायहरूले “सार्वजनिक सुरक्षामा प्रत्यक्ष खतरा पुर्‍याउने” व्यक्तिहरूलाई पहिचान गरी पहिलो चरणमै देश निकाला गर्ने रणनीति अपनाइरहेका छन्। यो नीति Donald Trump नेतृत्वको प्रशासनले अघि सारेको कडा आप्रवासन नियन्त्रण अभियानसँग जोडिएको मानिन्छ, जसले ‘सबैभन्दा खतरनाकलाई पहिला हटाउने’ अवधारणा लागू गरिरहेको छ।

उक्त सूचीमा समावेश सात नेपालीमध्ये तीन जना टेक्सास राज्यसँग सम्बन्धित छन्। अनिल पन्तमाथि नाबालिगलाई यौन उद्देश्यका लागि प्रलोभनमा पार्ने कसुर प्रमाणित भएको छ। नबीन शाह विभिन्न आर्थिक ठगी, कुटपिट र चोरीका घटनामा दोषी ठहर भएका छन् भने रातुल सिंह डकैतीसम्बन्धी अपराधमा सजाय भोगिरहेका व्यक्ति हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, लुजियानाका ऋतेष थापा ‘वायर फ्रड’मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका छन्। कोलोराडोस्थित टेकन कँडेलमाथि नाबालिग यौन शोषण र अपहरणसम्बन्धी गम्भीर आरोप पुष्टि भएको डीएचएसले जनाएको छ।

एरिजोनाका सन्तोष दर्जी लागूऔषध कारोबार, परिचय चोरी तथा सवारी साधन चोरीका मुद्दामा दोषी ठहर भएका छन् भने न्यूयोर्कका श्यामम घिमिरे यौन हिंसा र दुर्व्यवहारसम्बन्धी घटनामा सजाय भोगिरहेका व्यक्ति हुन्।

डीएचएसको विवरणअनुसार, यी सबै व्यक्तिहरूलाई ‘पब्लिक सेफ्टी थ्रेट’ (सार्वजनिक सुरक्षामा जोखिम) का रूपमा वर्गीकृत गरिएको छ, जसका कारण उनीहरूको निष्कासन प्रक्रिया अन्यभन्दा छिटो अगाडि बढाइन्छ।

यससँगै, अमेरिकी प्रशासनले नेपाली आप्रवासीको डिपोर्टेसन पनि उल्लेखनीय रूपमा बढाएको देखिन्छ। Donald Trump पुनः सत्तामा फर्किएपछि हालसम्म करिब एक हजार नेपालीलाई अमेरिका बाहिर पठाइएको अनुमान छ। केहीलाई विशेष चार्टर्ड उडानमार्फत् सिधै काठमाडौं ल्याइएको घटनासमेत सार्वजनिक भइसकेका छन्।

समग्रमा, डीएचएसको पछिल्लो अपडेटले आप्रवासी नीतिमा ‘कानुनी कारबाही र सार्वजनिक सुरक्षा’लाई केन्द्रमा राखिएको संकेत गरेको छ, जहाँ गम्भीर अपराधमा संलग्न विदेशी नागरिकहरूलाई प्राथमिकताका साथ निष्कासन गरिँदैछ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.