काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । Life is Precious! Let's uplift it together” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको हो ।
स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।
यस्तै, रक्तदानकार्यक्रम बैशाख २१ गते बिहान९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ ।
साथै, देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।
कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवनबचाउन योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ ।
कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई आग्रह गरेको छ ।

