शुक्रबार, असार १९,२०८३ 11:51:42
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:51:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुगौली सन्धि देखाउँदै साम्पाङको कडा आपत्ति : लिपुलेक नेपालकै हो

Laxmi Sunrise Bank Limited
सुगौली सन्धि देखाउँदै साम्पाङको कडा आपत्ति : लिपुलेक नेपालकै हो

काठमाण्डौं । पुलेकलाई लिएर भारत सरकारको पछिल्लो अभिव्यक्तिले फेरि एक पटक नेपाल–भारत सीमा संवेदनशीलता सतहमा ल्याएको छ।  

भारतले उक्त भू-भाग नेपालसँग सम्बन्धित भएको दाबी “आधारहीन” भएको टिप्पणी गरेपछि नेपालभित्र राजनीतिक र नागरिक तहमा प्रतिक्रिया चर्किन थालेको छ।

New Office
CG Motors
Garima Development Bank

श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतको उक्त दाबीप्रति कडा आपत्ति जनाएका छन्।

सोमबार काठमाडौँको थापाथलीस्थित हालै हटाइएको सुकुम्बासी बस्तीमा पुगेका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यलाई नजरअन्दाज गर्न नहुने बताए।

उनका अनुसार सुगौली सन्धि ९१८१६० ले उक्त क्षेत्र नेपालको भूभाग भएको स्पष्ट संकेत गर्छ, र त्यसलाई बेवास्ता गर्दै आउने कुनै पनि दाबी स्वीकार्य हुन सक्दैन।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतले लामो समयदेखि यस्ता दाबी दोहोर्याउँदै आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

भारतको विदेश मन्त्रालयले भने हालैको टिप्पणीमा लिपुलेकसम्बन्धी नेपालको दाबी प्रमाणमा आधारित नभएको बताएको थियो ।  

जसले कूटनीतिक तहमा फेरि बहस चर्काएको छ। यो विषयले केवल दुई देशबीचको सीमाविवाद मात्र होइन ।  

नेपालभित्रको राजनीतिक एकता र विदेश नीति सम्बन्धी दृष्टिकोणमा पनि पुनः बहस सिर्जना गरेको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.