आईतवार, जेष्ठ ३,२०८३ 01:22:28
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:22:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यसपाली मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने

Laxmi Sunrise Bank Limited
यसपाली मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने
Shivam Cement

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण सार्वजनिक गरेको छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको जनाइएको छ।

यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशका दक्षिण भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका मध्य भू–भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

Bizshala
New Office
CG Motors

त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

अधिकतम तापक्रमको आँकलनः

विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहको छ । सुदूरपश्चिम प्रदेशका उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश पश्चिमि भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ५५ देखि ६५ प्रतिशत रहेको छ। 

कोशी प्रदेशका मध्य भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने संभावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रमको आँकलन: 

न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको छ (चित्र ३)। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भू-भागहरु, मधेश प्रदेशका पूर्वी भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भाव ५५% देखि ६५% रहेको छ । 

कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका दक्षिणी भू-भागहरु, मधेश प्रदेशका मध्य भू-भाग र कोशी प्रदेशका मध्य तथा उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.