आईतवार, जेष्ठ ३,२०८३ 06:55:00
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:55:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डाउ थेउरीमा नयाँ लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
डाउ थेउरीमा नयाँ लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । मंगलबार नेप्से परिसूचक करिब १५ अंकले घटेर बन्द भयो । यो दिन करिव २ अर्ब १० करोडको कारोबार भएको छ । प्राविधिक रुपमा पछिल्लो अवस्थालाई नियाल्दा बजार २ हजारको मनोवैज्ञानकि विन्दुबाट पनि तल खसेको छ । यसैलाई प्राविधिक रुपमा डाउ थेउरीबाट हेर्दा बजारले नयाँ लोवर लो बनाएको छ ।

बोलिङगर ब्याण्डमार्फत नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट तल खसेको बजार हाल तल्लो विन्दु नजिक आएको छ । म्याक्डीमा हिस्टोग्राम नेगेटिभ र लामालामा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोनमा प्रतिरोध सामाना गरेर हाल ३९ को तहमा आएको छ । घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोन ३० भन्दा तल पनि आउन सक्छ ।

Bizshala
New Office
CG Motors

पिभट् मार्फत हेर्दा मंगलबार १९९१ मा बन्द भएको बजारको नजिकको सपोर्ट १९७५  , १९५५ र १९३० मा सपोर्ट लिन सक्छ । त्यसै गरि बढेमा भने २०२४,२०४७ र २०७० मा क्रमश ः प्रतिरोधको सामाना गर्न सक्छ ।  

अबको सम्भावना कस्तो ?

बजार पछिल्लोपटकको उच्च विन्दु २१२१ बाट करिब १३१ अंक झरिसकेको छ । बजार संधै बढेको बढ्यै पनि नगर्ने र घटेको घट्यै पनि नगर्ने भएकाले अबको सपोर्ट विन्दुहरुमा बलियो टेवा लिन सक्छ । तर त्यसको कन्फरमेसनको लागि भने बजारको आगामी दिनको कारोबारलाई नियाल्नु पर्ने हुन्छ ।  

नोटः  सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.