शुक्रबार, असार १९,२०८३ 11:43:26
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:43:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भट्ट–अग्रवाल–गोल्छा प्रकरणः सरकारी वकिलसँग पुग्यो अभियोगपत्र

साढे ५ अर्बको विगो कायम हुनसक्ने

Laxmi Sunrise Bank Limited
भट्ट–अग्रवाल–गोल्छा प्रकरणः सरकारी वकिलसँग पुग्यो अभियोगपत्र

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायत विरुद्धको अभियोगपत्र सरकारी वकिल कार्यालयमा अध्ययन तथा अभियोजन प्रक्रियामा रहेको छ ।  

सम्पत्ति शुद्धीकरण विभागले गत साता उनीहरूविरुद्ध तयार पारिएको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार प्रतिवेदनको विस्तृत अध्ययन भइरहेको र अभियोजन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मुद्दा जटिल प्रकृतिको भएकाले बिदाका दिनमा समेत कर्मचारीहरू खटिएर काम गरिरहेको सरकारी वकिल कार्यालयले जनाएको छ । साथै कार्यालयका अनुसार सम्पत्ति शुद्धीकरणसँगै अन्य विभिन्न कानुनी विषयसमेत यस मुद्दासँग जोडिएकाले अध्ययनमा समय लागेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उता, सीआइबीले पनि भट्ट, अग्रवाल र गोल्छासहितका व्यक्तिविरुद्ध चारवटा फरक–फरक कसुर सम्बन्धी अनुसन्धान पूरा गरी अभियोगपत्र सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सीआइबी प्रमुख एआइजी मनोजकुमार केसीका अनुसार बीमा ऐन २०७९, धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतका दुईवटा कसुर तथा एउटा बैंकिङ कसुर सम्बन्धी अभियोगपत्र पेस गरिएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमा ऐन अन्तर्गतको मुद्दामा भट्ट, अग्रवाल र गोल्छासहित ४० जनालाई प्रतिवादी बनाइएको छ भने चार अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । धितोपत्र सम्बन्धी कसुरमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ र यसमा ७५ जना प्रतिवादी रहेका छन् ।

त्यसैगरी, बैंकिङ कसुर सम्बन्धी मुद्दामा ५४ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ र तीन जनाभन्दा बढीलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार विशेष सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले पनि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.