मंगलवार, श्रावण ५,२०८३ 04:26:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:26:11
Bizshala
Global IME Bank Limited

स्पेसएक्स नास्डाक–१०० मा सूचीकृत, बजार पूँजीकरण १० ट्रिलियन डलर पुग्ने प्रक्षेपण

स्पेसएक्स नास्डाक–१०० मा सूचीकृत, बजार पूँजीकरण १० ट्रिलियन डलर पुग्ने प्रक्षेपण
New Office

काठमाण्डौ। अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स नास्डाक–१०० सूचकांकमा समावेश भएको छ। सूचकांकको इतिहासमै सूचीकरण भएको छोटो अवधिमै कुनै कम्पनीलाई नास्डाक–१०० मा समावेश गरिएको यो पहिलो घटना भएको बताइएको छ। कम्पनी जुन १२ मा सेयर बजारमा सूचीकृत भएको थियो।

यसैबीच, रेमण्ड जेम्स फाइनान्सियलका विश्लेषक ब्रायन गेसुएलेले स्पेसएक्सको मार्केट क्यापिटलाइजेसन आगामी वर्षहरूमा १० ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने प्रक्षेपण गरेका छन्। उनले कम्पनीको सेयरमा ‘स्ट्रङ बाई’ रेटिङ दिँदै प्रतिसेयर ८०० डलरको लक्ष्य मूल्य निर्धारण गरेका छन्, जुन हालको बन्द मूल्यभन्दा करिब ४३० प्रतिशत बढी हो।

मंगलबार स्पेसएक्सको सेयर ६.८३ प्रतिशतले घटेर १४९.४७ अमेरिकी डलरमा बन्द भएको थियो। हाल कम्पनीको बजार मूल्य करिब १.९७ ट्रिलियन अमेरिकी डलर रहेको छ। यदि सेयर मूल्य ८०० डलर पुगेमा कम्पनीको कुल मूल्यांकन करिब १०.५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

गेसुएलेका अनुसार स्पेसएक्स केवल रकेट र स्याटेलाइट कम्पनीमा सीमित नरही आगामी औद्योगिक पूर्वाधार निर्माण गर्ने प्रमुख कम्पनीका रूपमा विकास भइरहेको छ। उनका अनुसार, विगतमा रेलमार्ग, विद्युत् ग्रिड र इन्टरनेटले विश्व अर्थतन्त्रमा जस्तै परिवर्तन ल्याएका थिए, त्यसैगरी स्पेसएक्सले भविष्यको औद्योगिक क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

स्पेसएक्सले गत वर्ष १९ अर्ब अमेरिकी डलर आर्जन गरेको थियो। विश्लेषक गेसुएलेले सन् २०३५ सम्म कम्पनीको वार्षिक राजस्व ५.२ ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्। यो वृद्धिको मुख्य आधार रकेट वा इन्टरनेट सेवा नभई कम्पनीको एआई व्यवसाय हुने उनको विश्वास छ।

हाल स्पेसएक्सको एआई व्यवसायबाट करिब १६ अर्ब अमेरिकी डलर राजस्व प्राप्त भइरहेको छ, जुन सन् २०२४ मा करिब ३ अर्ब डलर थियो। ब्लुमबर्गलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विश्लेषणअनुसार सन् २०३१ सम्म एआई व्यवसायबाट मात्रै करिब ६५० अर्ब अमेरिकी डलर राजस्व आउने अनुमान गरिएको छ। 

साथै, सन् २०२७ देखि एआई कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्ने र सन् २०३५ सम्म कुल राजस्वको करिब ९४ प्रतिशत अर्थात् ४.९ ट्रिलियन अमेरिकी डलर एआईबाट आउने प्रक्षेपण गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.