काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बसन्तराज राउतलाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकको निर्णयअनुसार कम्पनीको व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यका साथ राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
उक्त नियुक्ति कम्पनीको प्रचलित प्रबन्धपत्र, नियमावली, लागू कानून तथा नियामकीय व्यवस्था बमोजिम गरिएको कम्पनीले स्पष्ट पारेको छ।
यस नियुक्तिसम्बन्धी सूचना नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

