एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोली सम्मानित, प्रति सदस्य रु.२५ हजार प्रदान
काठमाण्डौ । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women's Championship2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै...