लगातार ४ साता बढेको बजारमा लाग्यो ब्रेक, के बुल सकिएकै हो त ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ९८२.६४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९२२.६३ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ६०.०१ अंकले घट्यो । अघिल्लो साता नेप्से ११२ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...

