लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने बढोत्तरी
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.९९ अंकले घटेर २ हजार ६४०.९६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४५१.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ७१ लाख ८ हजार ८०९...

