मंगलवार, माघ २०,२०८२ 02:17:00
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:17:00
‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन गत माघ ४ गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ८ गते हुने तय भएको थियो । तर...

वैदेशिक रोजगारीमा रहेकाले होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत माघ ४ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...

नारायणी डेभलपमेन्ट बैंकले ३.०६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

नारायणी डेभलपमेन्ट बैंकले ३.०६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयरका लागि आवेदन नपरेकाले उक्त सेयर गत मंसिर १८ गतेदेखि २५ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको थियो ।उक्त...

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् । 

प्रिमियर डिष्टिलरीले आईपीओ जारी गर्ने, सिद्धार्थ क्यापिटल बन्यो बिक्री प्रबन्धक
Capital Market

प्रिमियर डिष्टिलरीले आईपीओ जारी गर्ने, सिद्धार्थ क्यापिटल बन्यो बिक्री प्रबन्धक

काठमाण्डौ । प्रिमियर डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ)गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।यस सम्बन्धमा माघ ६ गते काठमाण्डौ थापाथलीस्थित प्रिमियर डिष्टिलरी लिमिटेडको...

बजारको साढे ६ अर्ब कुम्ल्याउने पियोर इनर्जीको योजना बिफल बनाइदिने अदालतको आदेशमा के छ ?
Capital Market

बजारको साढे ६ अर्ब कुम्ल्याउने पियोर इनर्जीको योजना बिफल बनाइदिने अदालतको आदेशमा के छ ?

काठमाण्डौ । विभिन्न निकायहरुमा चलखेल तथा नीतिगत लुपहोल्सको प्रयोग गरी सेयर बजारबाट साढे ६ अर्ब रुपैयाँ कुम्ल्याउने पियोर इनर्जीका संस्थापकहरुको प्रयास विफल भएको खुलेको छ ।  कम्पनीका प्रमुख प्रमोटरहरुको डिजाइनमा पियोर इनर्जीको आईपीओ निश्कासनपछि दोश्रो बजारमा कारोबार गरी मूल्य प्रतिकित्ता १ हजार रुपैयाँभन्दा माथि पुर्याएर लकइन अवधिसम्बन्धी नीतिगत व्यवस्थाको...

सुप्रिम हेल्थकेयरले १४ लाख कित्ता आईपीओ ल्याउने, बोर्डमा आवेदन पेश
Capital Market

सुप्रिम हेल्थकेयरले १४ लाख कित्ता आईपीओ ल्याउने, बोर्डमा आवेदन पेश

काठमाण्डौ । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले बोर्डमा माघ ६ गते आवेदन दिएको हो ।

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स
Capital Market

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले...

नाफा बुकसँगै सेयरबजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो
Capital Market

नाफा बुकसँगै सेयरबजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो

काठमाण्डौ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४६५.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८...

अपि पावरका सञ्चालक न्यौपानेको राजीनामा स्वीकृत
Capital Market

अपि पावरका सञ्चालक न्यौपानेको राजीनामा स्वीकृत

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेको राजीनामा स्वीकृत भएको छ। कम्पनीको माघ ०६ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

उन्नति सहकार्य लघुवित्तको वित्तीय विवरण पारित, लाभांश वितरण नहुने
Capital Market

उन्नति सहकार्य लघुवित्तको वित्तीय विवरण पारित, लाभांश वितरण नहुने

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू पारित गरेको छ। माघ ६ गते मंगलबार दिउँसो साढे ३ बजे बसेको संस्थाको २४८औँ बैठकले २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने निर्णय गरेको हो।

मन्जुश्री फाइनान्सको नाफामा १५% को सुधार, ईपीएस २०.०३ रुपैयाँ
Capital Market

मन्जुश्री फाइनान्सको नाफामा १५% को सुधार, ईपीएस २०.०३ रुपैयाँ

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी खुद ब्याज आम्दानीसँगै नाफामा सुधार आएको छ ।कम्पनीले दोस्रो त्रैमाससम्ममा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ७० लाखबराबरको खुद नाफा आर्जन गरेको...

खुद ब्याज आम्दानीसँगै घट्यो निफ्राको नाफा
Capital Market

खुद ब्याज आम्दानीसँगै घट्यो निफ्राको नाफा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३८.१४ प्रतिशतले कम हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद...

माविलुङ इनर्जीको लक इन अवधि फागुनमा समाप्त हुने
Capital Market

माविलुङ इनर्जीको लक इन अवधि फागुनमा समाप्त हुने

काठमाण्डौ । माविलुङ इनर्जी लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७५ हजार २३६ कित्ता सेयरको लक इन अवधि फागुन ८ गते समाप्त हुन लागेको हो ।

म्युचुअल फण्डमा बीज पूँजी खुकुलो, सेयर बजारमा माग बढ्ने जानकारको विश्लेषण
Capital Market

म्युचुअल फण्डमा बीज पूँजी खुकुलो, सेयर बजारमा माग बढ्ने जानकारको विश्लेषण

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि लागू हुँदै आएको बीज पूँजी (सिड क्यापिटल)सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।दोस्रो बजारमार्फत म्युचुअल फण्डको विस्तार गर्दै सेयर बजारलाई थप सक्रिय बनाउने तथा सेयरको माग बढाउने उद्देश्यका साथ बोर्डले बीज पूँजीको सीमामा नयाँ व्यवस्था लागू गरेको हो । बोर्डले...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।

दोहोरो आईजीन आउन नदिने पियोर इनर्जीको प्रयास विफल, अदालतले दिएन अन्तरिम आदेश
Capital Market

दोहोरो आईजीन आउन नदिने पियोर इनर्जीको प्रयास विफल, अदालतले दिएन अन्तरिम आदेश

काठमाण्डौ  । विभिन्न शक्तिकेन्द्रहरुलाई प्रभाव पारी लामो समयदेखि आफ्नो दूनो सोझ्याउँदै आएको गोल्यान ग्रुपकै कारण सेयर बजारमा दोहोरो आईजीनको व्यवस्था कार्यान्वयनमा लामो समयदेखि गाँठो पारिएको खुलेको छ ।  सिंगल आईजीन सम्बन्धी हालको व्यवस्था परिवर्तन नगर्न यो ग्रुपले गरेको चलखेललाई उच्च अदालतले पाटनले ब्रेक लगाइदिएसँगै यस्तो रहस्य खुलेको हो । 

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न, चुक्तापूँजी साढे ६२ करोड पुर्याउने प्रस्ताव पारित
Capital Market

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न, चुक्तापूँजी साढे ६२ करोड पुर्याउने प्रस्ताव पारित

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । यही माघ ५ गते सोमबार आनन्दभूमि इभेन्ट्स काठमाण्डौमा सम्पन्न भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए ।सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख गर्ने प्रस्ताव पारित गरेको छ  । यसअघि जारी तथा चुक्ता पूँजी ५० करोड थियो । त्यसैगरी...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.८६ प्रतिशत र निर्जीवन बीमा समूह १.६५ प्रतिशतले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.