सेयर बजारमा सक्रियहरु एफएनसीसीआईमा निर्वाचित
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सेयर बजारमा सक्रिय केही व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।
TRENDING
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सेयर बजारमा सक्रिय केही व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तगर्तको आईपीओ निष्कासनको बिक्री आवेदन आजदेखि खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५...
काठमाण्डौ । नेपाल सरकारले दीर्घकालीन संस्थागत लगानीको दायरा विस्तार गर्दै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई धितोपत्रका नयाँ उपकरणहरूमा लगानी गर्न कानुनी बाटो खुला गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी अध्यादेशमार्फत सम्बन्धित ऐनहरू संशोधन भएपछि यी निकायले अब म्युचुअल फन्डसँगै प्राइभेट इक्वीटी (पीई) र भेञ्चर क्यापिटल...
काठमाण्डौ । मंगलबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र कोहीनुर इन्भेष्टमेन्ट एण्ड...
काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ९.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१० प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घटेको छ । आज १५ बीमा...
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । पछिल्लो समय निरन्तर झरिरहेको सेयरबजारमा आज ०.३२ प्रतिशत अर्थात ८.७८ अंकले बढेको छ । यससँगै आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २ हजार ७१२.८६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४६२.३२ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका ७७ लाख ३४ हजार १२...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौतामा गुराँस लघुवित्त र आरविवि मर्चेन्ट बैंकिङबीच वैशाख १६ गते सम्झौता सम्पन्न भएको हो ।
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
काठमाण्डौ । सिवाईवी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको पञ्चकन्या माई हाईड्रो लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड १ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड १६ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७२ लाख ९६ हजार...
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कुत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ९ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०६.४१ प्रतिशतले बढेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ५४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ १७ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले नवलपरासीमा रहेको द नारायणी रिसोर्टमा बिहान ११ बजेदेखि नवौँ सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनी १ करोड २० लाख घाटामा थियो ।आम्दानी घटेपनि वित्त खर्चमा उल्लेख्य कमी आउदा कम्पनीको घाटा साघुँरिएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी भने १०.५७ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो...
काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत...
काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत वैशाख १६ गतेदेखि आईपीओ जारी गरेको थियो ।कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन...
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।कम्पनीले ७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमेर शमशेर ज.ब. राणालाई बर्खास्त गरिएको छ । राणालाई वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालय स्रोतअनुसार वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको अन्तिम समयभित्र ४७ जनाले आवेदन दर्ता गराएका हुन् ।सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको...
काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, लिन्च स्टक मार्केट र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । विगतमा राजनीतिक प्रभावको आरोप खेप्दै आएको यो पदमा अहिले भने प्रोफेशनल प्रतिस्पर्धाको झल्को देखिएको छ।अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेपछि विविध पृष्ठभूमिका विज्ञहरू दौडमा उत्रिएका छन्। सार्वजनिक बिदापछि आवेदन बुझाउने अन्तिम दिन अर्थात आज मन्त्रालय...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.