नबिल बैंकको ऋणपत्र सूचीकृत
काठमाण्डौ । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम कात्तिक २३ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।

