रुपनी–छिन्नमस्ता सडक निर्माण सम्पन्न गराउन आयोजना प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई भेट
काठमाण्डौ । निर्माणाधिन रूपनी–छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन् । यस सडको कामलाई चाँडै सम्पन्न गराउन बुधबार उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग छलफल गरेका छन् ।छलफलमा आयोजना प्रमुख मौवारले असारभित्र काम सम्पन्न हुने बाचा...