आईतवार, जेष्ठ ३,२०८३ 01:09:21
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:09:21
ट्रम्पको नौ वर्षपछि चीन भ्रमण, बेइजिङमा भव्य स्वागत
NEWS

ट्रम्पको नौ वर्षपछि चीन भ्रमण, बेइजिङमा भव्य स्वागत

काठमाण्डौं । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच उच्चस्तरीय शिखर वार्ता हुने भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङमा बहुप्रतीक्षित भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर वर्षा र हिमपातको सम्भावना
NEWS

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव कायम रहेको जनाएको छ ।यी मौसमी प्रणालीहरूको असरका कारण देशका अधिकांश भू-भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना बढेको महाशाखाले जनाएको हो ।

प्रधानमन्त्री शाहले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
NEWS

प्रधानमन्त्री शाहले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्रीले सांसदहरूले उठाएका जिज्ञासा, आलोचना, सुझाव तथा संशयहरूको विस्तृत स्पष्टीकरण दिने कार्यक्रम तय गरिएको हो । 

संविधान संशोधनका विषयमा युवापुस्तासँग संवाद गर्दै कार्यदल
NEWS

संविधान संशोधनका विषयमा युवापुस्तासँग संवाद गर्दै कार्यदल

काठमाण्डौं । सरकारले संविधान संशोधनसम्बन्धी विषयमा युवापुस्ताको धारणा, सुझाव र दृष्टिकोण संकलन गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको हो ।

माबिलुङ इनर्जी ८४.४७ लाख घाटामा, अन्य सूचकको अवस्था कस्तो ?
NEWS

माबिलुङ इनर्जी ८४.४७ लाख घाटामा, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८४ लाख ४७ हजार रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २० लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल थियो ।कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०८२ असोज ४ गतेबाट अपर...

बाढीपहिरोको जोखिमपछि बीपी राजमार्गमा रात्रिकालीन यातायातमा रोक, सडक मर्मतका लागि जेठ २ सम्म हिल्सा–सिमकोट सडक बन्द
NEWS

बाढीपहिरोको जोखिमपछि बीपी राजमार्गमा रात्रिकालीन यातायातमा रोक, सडक मर्मतका लागि जेठ २ सम्म हिल्सा–सिमकोट सडक बन्द

काठमाण्डौं । सम्भावित बाढी, पहिरो तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुवै सडकखण्डमा निश्चित समयका लागि यातायात सञ्चालन रोकिएको जनाएको हो ।

इप्पान निर्वाचनमा उत्तम लामा भ्लोनको टिम घोषणा
NEWS

इप्पान निर्वाचनमा उत्तम लामा भ्लोनको टिम घोषणा

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी जेठ २९ गते हुने निर्वाचनका लागि चुनावी गतिविधि तीव्र बनेको छ ।  उपाध्यक्ष उत्तम लामा भ्लोनले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो नेतृत्वमा नयाँ टिम सार्वजनिक गरेका छन् ।

खर्च कटौती कि शक्ति केन्द्रीकरण ? प्रधानमन्त्री कार्यालय झन् बलियो
ECONOMY& POLITICS

खर्च कटौती कि शक्ति केन्द्रीकरण ? प्रधानमन्त्री कार्यालय झन् बलियो

काठमाण्डौ । प्रशासनिक खर्च घटाउने र राज्य संयन्त्रलाई चुस्त बनाउने सरकारको योजनाअन्तर्गत संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारिएको छ । तर मन्त्रालय संख्या घटाउने निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भने झन् शक्तिशाली र केन्द्रीय भूमिकामा पुगेको देखिएको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै...

चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै
NEWS

चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारत स्थित काउन्सिल फर ईन्टिग्रेटिभ वैद्य ईनोभेसन एण्ड कोलाबरेशन (सिभिक) ले 'इन्टरनेशनल आयुष कन्क्लेभ' आयोजना गर्ने भएको छ । चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो ।  संस्थाका प्रतिनिधि डा. एम. एम. कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा...

नेपाल विद्युत प्राधिकरणको संचालकमा शाही र बसेल नियुक्त, कामु कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायू श्रेष्ठलाई
NEWS

नेपाल विद्युत प्राधिकरणको संचालकमा शाही र बसेल नियुक्त, कामु कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायू श्रेष्ठलाई

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् ।  नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाही लाई सञ्चालक समितिमा समावेश...

१० दिनपछि राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा
NEWS

१० दिनपछि राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा

काठमाण्डौं । प्राविधिक समस्याका कारण करिब १० दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचय -पत्रसम्बन्धी सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ।  राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको समस्या समाधान भएपछि बुधबार दिउँसोबाट सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको राष्ट्रिय परिचय -पत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
NEWS

आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले दिए राजीनामा

काठमाण्डौँ  । डा. चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगमका कार्यकारी निर्देशक  पदबाट राजीनामा दिएका छन्।  बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा बुझाएपछि निगमको नेतृत्व परिवर्तनको विषय चर्चामा आएको छ।

सगरमाथा र मकालुमा वसन्तकालीन आरोहणका क्रममा ५ जनाको मृत्यु
NEWS

सगरमाथा र मकालुमा वसन्तकालीन आरोहणका क्रममा ५ जनाको मृत्यु

काठमाण्डौँ । विश्वका दुई सर्वोच्च र जोखिमपूर्ण हिमाल सगरमाथा र मकालामा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा मानवीय क्षति बढ्दै गएको छ।हालसम्म सगरमाथा र मकालु क्षेत्रका विभिन्न आरोहण घटनामा गरी पाँच जनाको मृत्यु भएको पर्यटन विभागले पुष्टि गरेको छ।

प्रधानमन्त्री बालेन शाहको संसद्मा उपस्थितिबारे सभामुखको प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी
NEWS

प्रधानमन्त्री बालेन शाहको संसद्मा उपस्थितिबारे सभामुखको प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी

काठमाण्डौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको सम्भावित उपस्थितिबारे उठेको विवादपछि सभामुख डीपी अर्यालले आज प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिएका छन्।  विपक्षी दलले उठाएको मागअनुसार प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुने वा नहुने विषयमा स्पष्टता ल्याउन संवाद आवश्यक रहेको उनले बताएका हुन्।

चिसापानीमा जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने तयारी
TOURISM

चिसापानीमा जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने तयारी

काठमाण्डौं । कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार परियोजना अन्तिम चरणमा पुगेको छ।  कम्पनीले आगामी करिब दुई महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाइएको आइएमई समूहले जनाएको छ।

इरान युद्ध खर्च २९ अर्ब डलर नाघ्यो : पेन्टागन
विश्व अर्थतन्त्र

इरान युद्ध खर्च २९ अर्ब डलर नाघ्यो : पेन्टागन

काठमाण्डौं । पेन्टागनले इरानसँगको सम्भावित द्वन्द्व तथा त्यससँग सम्बन्धित सैन्य गतिविधिको कुल खर्च करिब २९ अर्ब अमेरिकी डलर पुगेको विवरण सार्वजनिक गरेको छ।  यो तथ्याङ्क मङ्गलबार क्यापिटल हिलमा भएको बजेटसम्बन्धी संसदीय सुनुवाइका क्रममा प्रस्तुत गरिएको हो। 

मन्त्रिपरिषद् निर्णयपछि संघीय मन्त्रालय घटेर १८ मा सीमित
NEWS

मन्त्रिपरिषद् निर्णयपछि संघीय मन्त्रालय घटेर १८ मा सीमित

 काठमाण्डौं । मन्त्रिपरिषद् बैठकले “नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३” स्वीकृत गरेसँगै संघीय सरकारको मन्त्रालय संरचनामा पुनर्संरचना गरेको छ ।  नयाँ निर्णयअनुसार अब प्रधानमन्त्रीको कार्यालयसहित संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटेर १८ मा सीमित गरिएको छ।

हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए, संसदीय विवाद चर्कियो
NEWS

हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए, संसदीय विवाद चर्कियो

काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा उत्पन्न विवादका बीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) बैठक छोडेर बाहिरिएका छन्।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले नियमापत्ति जनाउँदै अघिल्लो दिन नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलेका केही शब्दमाथि आपत्ति जनाएका थिए। 

रास्वपाको केन्द्रीय समिति विघटन, रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
NEWS

रास्वपाको केन्द्रीय समिति विघटन, रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय संगठन संरचनामा महत्वपूर्ण पुनर्संरचना गर्दै केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको छ।बुधबार बिहान वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। 

प्रधानन्यायाधीश सिफारिस डा. शर्माविरुद्ध तीन उजुरी दर्ता, जेठ ४ सम्म उजुरी दिन सकिने
NEWS

प्रधानन्यायाधीश सिफारिस डा. शर्माविरुद्ध तीन उजुरी दर्ता, जेठ ४ सम्म उजुरी दिन सकिने

काठमाण्डौं ।  संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा.मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत उजुरी दर्ता हुने क्रम जारी रहेको छ।  हालसम्म उहाँविरुद्ध तीन वटा उजुरी प्राप्त भएको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.