ग्राउण्ड जिरोका लगानीकर्तामा ‘लघुवित्त र बैंकको’ चर्चा, भन्छन् ‘मौद्रिक नीति निकै सकारात्मक’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता र ब्रोकर सञ्चालकसँग बजारको पछिल्लो अवस्थाका विषयमा बुझ्ने प्रयास गरेका छौं । आज मौद्रिक नीति पछिको पहिलो कारोबार भएका कारण पनि हुनसक्छ ब्रोकर हाउसहरुमा लगानीकर्ताको निकै चहलपहल देखिन्थ्यो । आज हामी...