सोमबार, असार २,२०८२ 02:51:52
  • सोमबार, असार २,२०८२ 02:51:52
Global IME Bank Limited

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड

Hyundai Nepal
यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड
Nabil Bank Limited

काठमाण्डौ । एउटा सफल पुरुषको पछाडी एक नारीको हात हुने गर्छ । यो भनाई सबै पुरुषको हकमा लागू नहुन पनि सक्छ । तर विश्वको सबैभन्दा लक्जरी कार निर्माता कम्पनीमध्ये एक मर्सिडिज बेन्जको सफलताका पछि भने एक महिलाको हात रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।  

अहिले मर्सिडिजको लोगोमा रहेको तीनवटा प्वाइन्ट्स स्टार ती महिलाको दममा चम्किरहेको छ, जोबिना सायद कम्पनी कहिल्यै पनि अस्तित्वमा आउने थिएन ।  

हामी कुरा गरिरहेका छौ बर्था बेन्जको । कार्ल फ्रडरिक बेन्ज अटोमोबाइल उद्योगमा आफ्नो विशेष योगदानका लागि परिचित छन् । जर्मनीमा जन्मिएका कार्ल बेन्जसँग एकजना अटोमोटिभ इन्जिनीयर र एकजना इञ्जिन डिजाइनर थिए । सन् १८८५ मा उनले आफ्नो पहिलो कारको रुपमा बेन्ज प्याटेन्ट मोटर वागेन तयार गरेका थिए । तर उनी यो कार पूर्ण रुपमा सडकका लागि तयार भएकोमा भने विश्वस्त थिएनन् । यो कारलाई विश्वको पहिलो आधुनिक प्याक्ट्रिकल कारका रुपमा लिइने गरिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बेन्ज आफ्नो कारका बारेमा संशकित भएपनि एउटा यस्ती महिला थिइन् जसलाई उनको कार पूर्ण रुपमा सडकमा कुद्नका लागि तयार रहेको विश्वास थियो । यी महिला अरु कोही नभएर उनकी श्रीमती बर्था बेन्ज थिइन् ।  

बर्था बेन्जले आफ्नो श्रीमानलाई नभनेर एउटा महत्वपूर्ण निर्णय नगरेको भए कार्लको सफलता उनकी श्रीमतीको महत्वपूर्ण सहयोगबिना सम्भव हुन्थेन ।  

जब कार्ल बेन्जले आफ्नो पहिलो कार बनाएका थिए, तब उनी त्यसलाई बिक्री गर्न असमर्थ रहेका थिए । तीन वर्षदेखि कार बजारमै रहेकोले कार्ल बेन्ज र उनकी श्रीमती चिन्तित थिए । कसैले पनि यो कार अरुले चढेको नदेखेकाले कार बिक्री नभएको बर्था बेन्जको धारणा रहेको थियो । त्यसैले उनले कारलाई आफैं चलाउने निर्णय गरिन् ।  

सन् १८८८ को एक बिहान बर्थाले श्रीमानलाई जानकारी नै नदिई त्यो कारलाई ग्यारेजबाट बाहिर निकालिन् । बर्थाले आफ्ना दुई छोरा बेन्टो यूजेन र रिचर्डलाई पनि कारमा बसालिन् र एउटा ऐतिहासिक यात्रामा निस्किन् ।  

सडकमा तीन पांग्रा भएको यो मेसिनलाई देखेर कुनै पनि व्यक्तिलाई यो कार हो भनेर विश्वास लागिरहेको थिएन । यस्तोमा मानिसहरुको नजर बर्थामा पर्यो । मानिसहरुले यो गाडीको स्टेरिङ एउटा महिलाको हातमा भएकोमा अचम्म मानिरहेका थिए ।  

बर्था जता–जता पुग्थिन,त्यहाँका मानिस कारलाई कुदिरहेको देखेर अचम्भित बनिरहेका थिए । तर अघि त्यस्तो केही हुनेवाला थिएन जुन बर्था बेन्जले सोचेकी थिइन् ।  

सडकमा गुडिरहेको विश्वको पहिलो कार अचानक बन्द भयो । परीक्षणका क्रममा उनले फ्युल पाइपबाट लिकेज भईरहेको देखिन् । कारका पांग्रा रोकिएपनि बर्थाको हौसला र कारप्रति उनको विश्वास भने अडिग थियो । उनले आफूले लगाएको कपडाबाट एक टुक्रा च्यातिन् र लिकेज भएको पाइप बन्द गरिन् । लिकेज बन्द भएपछि कार पुनःस्टार्ट भयो ।  

बर्थाले त्यस दिन केवल एउटा कार मात्रै चलाइरहेकी थिइनन्, उनले आफ्नो विश्वासको जगमा भविष्यको एउटा ठूलो उद्योगको बाटो देखाइरहेकी थिइन् । उनले त्यस दिन मेनहेम देखि फर्जहेमसम्मको १०६ किलोमिटरको यात्रा गरेकी थिइन् । यो यात्रा अघि प्याटेन्ट वागेन कारलाई परीक्षणका लागि छोटा–छोटा दुरीसम्म मात्र चलाइएको थियो ।  

बर्था बेन्जको जन्म सन् १८४९ मा जर्मनीमा बर्था रिंगरका रुपमा भएको थियो । उनको जन्म एउटा धनी परिवारमा भएको थियो । कार्ल बेन्जसँग विवाह गर्नुअघि उनी कार्लको व्यवसायिक साझेदार थिइन् । विवाहका क्रममा पाएको दाइजोको केहि हिस्सा उनले कार्लको असफल  भईरहेको फलाम उत्पादन कम्पनीमा लगानी गर्नका लागि उपयोग गरेकी थिइन् ।  

सन् १८७२ मा आफ्नो विवाह पछि कार्ल बेन्जले दाइजोमा पाएको पैसाको उपयोग आफ्नो नयाँ व्यवसाय बेन्ज एण्ड सी मा लगानी गरे । यो त्यो ब्राण्ड थियो जसको माध्यमबाट सन् १८८५ मा पहिलो बेन्ज प्याटेन्ट वागेन तयार भएको थियो । यो त्यो बेला थियो, जुनबेला महिलाहरुलाई प्याटेन्टका लागि आवेदन दिने अनुमति थिएन ।  

सन् १८८५ मा लञ्च भएपछि बेन्ज प्याटेन्ट वागेनमा सुधार जारी रह्यो । पहिलो मोडल आईआई जसको निर्माण टेस्टीङका लागि गरिएको थियो । त्यसपछि मोडल थ्री पेश गरियो । जुन वास्तविक कार थियो । जसको बिक्री राम्रो संख्यामा भएको थियो।  

मोड थ्री तीन पांग्रावाला पावर्ड रियर ह्वील तथा स्टेरीयबल फ्रन्ट ह्वीलबाट सु–सज्जित थियो । यहि कारबाट बर्था बेन्जले सन् १८८८ मा इतिहास रचेकी थिइन् ।  

बर्था बेन्जको पहिलो सवारी त्यति सजिलो भने थिएन । सवारीका क्रममा कारको कुलिङ सिस्टममा समस्या आइरहेको थियो । जसमा लगातार पानी भनुपर्ने हुन्थ्यो । यसका साथै इन्धन लाइन पनि ब्लक भइरहेको थियो । जसलाई उनले आफ्नो टोपीको पीनले ठीक गरेकी थिइन् ।  

कारको एउटा चेन पनि टुटेको थियो । जसलाई उनले बाटोमा रहेको फलामको काम गर्ने मानिसबाट मर्मत गरेकी थिइन् ।  

केहि मिडिया रिपोर्टमा बर्था बेन्जले यो यात्रा आफ्नी आमालाई भेट्नका लागि गरेकी थिइन् भनेर उल्लेख गरिएको छ । तर वास्तवमा उनको यो यात्रा आम मानिसहरुलाई देखाउनका लागि थियो ।  

कारमा एउटा सानो फ्युल टुयांकी थियो । जसमा पेट्रोल वा बेन्जिन भर्नुपर्ने हुन्थ्यो । त्यसबेला पेट्रोल स्टेशन स्थापना नभएकाले उनले यो कारलाई चलाउनका लागि लिगोरिन नामक तरल पदार्थ खरिद गर्न केमिस्टकोमा जानु परेको थियो । यो फार्मेसी विस्लोच नामक शहरमा थियो र यसलाई विश्वको पहिलो फ्युल स्टेशनका रुपमा लिइन्छ ।  

आफ्नो यो अद्धितीय यात्राबाट फर्किएपछि उनले आफ्नो ड्राईभिङ अनुभव र यात्राका क्रममा आएका कठिनाईका बारेमा आफ्ना पतिलाई जानकारी गराएकी थिइन् । पछि उनका पतिले कारका यी कमजोरीहरुलाई सुधार गर्दै कारलाई थप परिस्कृत रुपमा उतारेका थिए । आज यो लग्जरी कार कम्पनी विश्वको सबैभन्दा ठूलो लक्जरी कार कम्पनीमध्ये एक बनेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.