आईतवार, जेष्ठ ३,२०८३ 12:25:01
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:25:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौमा आंशिक रुपमा खुले बैंक, १० देखि २ बजेसम्म मात्र फिजिकल सेवा

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा आंशिक रुपमा खुले बैंक, १० देखि २ बजेसम्म मात्र फिजिकल सेवा
Shivam Cement

काठमाण्डौ । बैंकहरुले आज(बिहीबार)देखि काठमाण्डौ उपत्यकामा आफ्नो आंशिक सेवा सुचारु गरेका छन् ।  

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को बिहीबार बिहान बसेको बैठकले नेपाली सेनासँगको समन्वयमा सुरक्षित ढंगले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्ने निर्णयअनुसार बैंकहरु खुल्न थालेका हुन् । 

Bizshala
New Office
CG Motors

एनबीएका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजशालासँग कुरा गर्दै अहिलेका लागि वाणिज्य बैंकले काठमाण्डौमा कम्तीमा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा २ वटाका दरले शाखा खुलाउने निर्णय भएको जानकारी दिए ।  

'ती शाखाहरु पनि सेनाको समन्वयमा सुरक्षा जोखिमको अध्ययन गरेर सीमित कर्मचारी मात्र राखेर खुलाउने निर्णय भएको छ ।' कोइरालाले भने-'आजदेखि निर्णयअनुसार बैंक र शाखाहरु खुल्न थालेका छन् । अहिलेलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र बैंकहरु खुल्नेछन् । अवस्था सामान्य बन्दै गएपछि बैंक खुल्ने समय पनि बढाउँदै लैजान्छौं र शाखा संख्या पनि बढ्छन् ।' 

Garima Development Bank
Shivam Cement
IME remit

कोइरालाका अनुसार काठमाण्डौ उपत्यकाबाहिरको हकमा पनि स्थानीय प्रशासनसँगको सहकार्यमा सुरक्षा जोखिमलाई विश्लेषण गरी आवश्यकताका आधारमा शाखाहरु सञ्चालन गर्न सकिने निर्णय भएको छ ।  

बैंकहरुले आजदेखि अन्तराष्ट्रिय कारोबार, स्वीफ्ट, क्लियरिङ सेवा, आइटी लगायतका विभाग पूर्ण रुपमा खुलाएका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.