काठमाण्डौ । रसायनशास्त्र तर्फको नोबेल पुरस्कार विजेताहरुको नाम घोषणा गरिएको छ । यसमा तीनवटा नाम समावेश छन्।
यो अवार्ड सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमर एम। यागीलाई प्रदान गरिएको छ । स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले बुधबार यो घोषणा गरेको हो ।
उनलाई मेटल(अर्गानिक फ्रेमवर्कको विकासका लागि यो पुरस्कार प्रदान गरिएको हो।
यसअघि मंगलबार वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट, जोन मार्टिनिसले भौतिकशास्त्रको क्षेत्रमा यो पुरस्कार पाएका थिए। फिजियोलोजी र मेडिसिनको क्षेत्रमा नोबेल समितिले मेरी ई ब्रुनको, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई नोबेल पुरस्कार दिने घोषणा गरेको छ।