मंगलवार, जेष्ठ ५,२०८३ 04:46:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:46:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो देशमा प्रत्येक ७ जनामा १ जना करोडपति, धनी बन्न अपनाउँछन् यस्ता रणनीति

Laxmi Sunrise Bank Limited
यो देशमा प्रत्येक ७ जनामा १ जना करोडपति, धनी बन्न अपनाउँछन् यस्ता रणनीति
Shivam Cement

काठमाण्डौ । यतिबेला विश्वभर धनाढ्यको संख्या वृद्धि भईरहेको छ । अमेरिकादेखि एशिया क्षेत्रमा धनाढ्याहरुको संख्या बढिरहेको छ । तर विश्वमा एउटा यस्तो देश छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना वयस्क व्यक्ति करोडपति छन् । यो आँकडा अमेरिकाको  तुलनामा ५ गुणा धेरै हो । यो देश युरोपको धनी देश स्विट्जरल्याण्ड हो ।  

यहाँको व्यवसायीहरुले विशेष प्रकारको रणनीति अपनाउने गर्छन् । जसका कारण यहाँका व्यवसायीहरुको सम्पत्तिमा निरन्तर उछाल आईरहेको छ । आखिर के कारणले गर्दा स्विट्जरल्याण्डका व्यवसायीहरुको सम्पत्ति निरन्तर बढिरहेको छ त ?

जोखिम कम, अवसर धेरै

स्विट्जरल्याण्डका विभिन्न बैंकहरुको भिन्न÷भिन्न सामर्थ्य र अफर हुने गर्छ । उदाहरणका लागि एउटा बैंक विशेषले रियल स्टेट लगानीका लागि सहुलियतदरमा ब्याज प्रदान गर्न सक्छ । यस्तै अर्को कुनै बैंक अन्तराष्ट्रिय व्यवसायका लागि उत्तम हुन सक्छ । यसरी त्यहाँको व्यवसायीहरुले आफूलाई अनुकुल  हुने बैंक छनौट गरेर अधिकतम लाभ लिन सक्छन् ।  

Bizshala
New Office
CG Motors

न डिजाइनर लोगो, न विदेशी कारको देखावटी

स्विट्जरल्याण्डका धनाढ्यहरुले डिजाइनर लोगो वा विदेशी कारको देखावटी गेर्न गर्दैनन् । उनीहरुको आफ्नो क्षमताभन्दा कम खर्च गर्ने गर्छन् र जुन अतिरिक्त बचत हुन्छ,त्यसलाई पनि कही न कही लगानी गर्छन् । उनीहरु कुनै अभावका कारण भने यस्तो गर्दैनन् । यो त उनीहरुको सन्तृष्टिको एउटा उदाहरण हो । जसले सम्पत्ति वृद्धि गर्न सहयोग गर्ने गर्छ ।  

सीमाभन्दा माथि सोच  

स्विट्जरल्याण्डका लगानीकर्ता राष्ट्रको सीमाभन्दा माथि उठेर सोच्ने गर्छन् । उनीहरु विदेशमा सम्पत्ति जोड्ने मात्रै नभई अन्य राष्ट्रको नागरिकता समेत लिने गर्छन् । यसले उनीहरुलाई विभिन्न देशमा उपलब्ध वित्तीय अवसरहरु प्रदान गर्न सहयोग गर्छ । यस्तो विश्व नै एउटा साझा घर हो भन्ने मान्यताले उनीहरुको आर्थिक तथा वित्तीय सुरक्षा र वृद्धिमा सहयोग गरिरहेको छ ।  

धैर्य र दीर्घकालिन लगानीमा केन्द्रीत

स्विस करोडपतिहरु चाडै नै धनी हुने योजनाका पछि भाग्ने गर्दैनन् । यसको अलावा उनीहरु धैर्य र दीर्घकालिन दृष्टिकोणका साथ अघि बढ्ने गर्छन् । उनीहरु एक पिढींबाट अर्कोसम्म यसलाई कायम राख्छन् । यसको सकारात्मक प्रभाव उनीहरुको नेटवर्थमा पर्ने गर्छ ।  

घर किन्नुको साटो भाडामा बस्नु

अमेरिकामा ६५ प्रतिशत वयस्क मानिसहरुको आफ्नै घर छ भने स्विट्रल्याण्डमा भने ४१ प्रतिशतको मात्रै आफ्नै घर छ । स्विस धनाढ्यहरु घर किन्नुको साटो घर भाडामा लिन रुचाउछन् । घर खरिद गर्नबाट जोगिएको रकम उनीहरु उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्ने गर्छन् ।  

अटोमेटिक सेभिङ

स्विस धनाढ्यहरु आफ्नो आयको केही हिस्सा अटोमेटिक सेभिङ मोडमा राख्ने गर्छन् । यो भनेको कमाईको २०–३० प्रतिशत हुन आउँछ । यसलाई निकालेर लगानी गरेपछि बचेको पैसाले उनीहरु कुनै वस्तु खरिद वा अन्य प्रयोजनका लागि खर्च गर्ने गर्छन् ।  

सीप विकासमा लगानी

स्विट््जरल्याण्डमा शिक्षालाई केवल डिग्रीका लागि मात्रै नभई सिप विकासको वृद्धिका लागि समेत महत्व दिइन्छ । स्विस नागरिकहरुले आफ्नो वार्षिक आयको ५–१० प्रतिशत आम्दानी व्यक्तिगत विकासका लागि लगानी गर्ने गर्छन् ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.