आईतवार, असार १,२०८२ 11:26:18
  • आईतवार, असार १,२०८२ 11:26:18
Global IME Bank Limited

यो देशमा प्रत्येक ७ जनामा १ जना करोडपति, धनी बन्न अपनाउँछन् यस्ता रणनीति

Hyundai Nepal
यो देशमा प्रत्येक ७ जनामा १ जना करोडपति, धनी बन्न अपनाउँछन् यस्ता रणनीति
Nabil Bank Limited

काठमाण्डौ । यतिबेला विश्वभर धनाढ्यको संख्या वृद्धि भईरहेको छ । अमेरिकादेखि एशिया क्षेत्रमा धनाढ्याहरुको संख्या बढिरहेको छ । तर विश्वमा एउटा यस्तो देश छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना वयस्क व्यक्ति करोडपति छन् । यो आँकडा अमेरिकाको  तुलनामा ५ गुणा धेरै हो । यो देश युरोपको धनी देश स्विट्जरल्याण्ड हो ।  

यहाँको व्यवसायीहरुले विशेष प्रकारको रणनीति अपनाउने गर्छन् । जसका कारण यहाँका व्यवसायीहरुको सम्पत्तिमा निरन्तर उछाल आईरहेको छ । आखिर के कारणले गर्दा स्विट्जरल्याण्डका व्यवसायीहरुको सम्पत्ति निरन्तर बढिरहेको छ त ?

जोखिम कम, अवसर धेरै

स्विट्जरल्याण्डका विभिन्न बैंकहरुको भिन्न÷भिन्न सामर्थ्य र अफर हुने गर्छ । उदाहरणका लागि एउटा बैंक विशेषले रियल स्टेट लगानीका लागि सहुलियतदरमा ब्याज प्रदान गर्न सक्छ । यस्तै अर्को कुनै बैंक अन्तराष्ट्रिय व्यवसायका लागि उत्तम हुन सक्छ । यसरी त्यहाँको व्यवसायीहरुले आफूलाई अनुकुल  हुने बैंक छनौट गरेर अधिकतम लाभ लिन सक्छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

न डिजाइनर लोगो, न विदेशी कारको देखावटी

स्विट्जरल्याण्डका धनाढ्यहरुले डिजाइनर लोगो वा विदेशी कारको देखावटी गेर्न गर्दैनन् । उनीहरुको आफ्नो क्षमताभन्दा कम खर्च गर्ने गर्छन् र जुन अतिरिक्त बचत हुन्छ,त्यसलाई पनि कही न कही लगानी गर्छन् । उनीहरु कुनै अभावका कारण भने यस्तो गर्दैनन् । यो त उनीहरुको सन्तृष्टिको एउटा उदाहरण हो । जसले सम्पत्ति वृद्धि गर्न सहयोग गर्ने गर्छ ।  

सीमाभन्दा माथि सोच  

स्विट्जरल्याण्डका लगानीकर्ता राष्ट्रको सीमाभन्दा माथि उठेर सोच्ने गर्छन् । उनीहरु विदेशमा सम्पत्ति जोड्ने मात्रै नभई अन्य राष्ट्रको नागरिकता समेत लिने गर्छन् । यसले उनीहरुलाई विभिन्न देशमा उपलब्ध वित्तीय अवसरहरु प्रदान गर्न सहयोग गर्छ । यस्तो विश्व नै एउटा साझा घर हो भन्ने मान्यताले उनीहरुको आर्थिक तथा वित्तीय सुरक्षा र वृद्धिमा सहयोग गरिरहेको छ ।  

धैर्य र दीर्घकालिन लगानीमा केन्द्रीत

स्विस करोडपतिहरु चाडै नै धनी हुने योजनाका पछि भाग्ने गर्दैनन् । यसको अलावा उनीहरु धैर्य र दीर्घकालिन दृष्टिकोणका साथ अघि बढ्ने गर्छन् । उनीहरु एक पिढींबाट अर्कोसम्म यसलाई कायम राख्छन् । यसको सकारात्मक प्रभाव उनीहरुको नेटवर्थमा पर्ने गर्छ ।  

घर किन्नुको साटो भाडामा बस्नु

अमेरिकामा ६५ प्रतिशत वयस्क मानिसहरुको आफ्नै घर छ भने स्विट्रल्याण्डमा भने ४१ प्रतिशतको मात्रै आफ्नै घर छ । स्विस धनाढ्यहरु घर किन्नुको साटो घर भाडामा लिन रुचाउछन् । घर खरिद गर्नबाट जोगिएको रकम उनीहरु उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्ने गर्छन् ।  

अटोमेटिक सेभिङ

स्विस धनाढ्यहरु आफ्नो आयको केही हिस्सा अटोमेटिक सेभिङ मोडमा राख्ने गर्छन् । यो भनेको कमाईको २०–३० प्रतिशत हुन आउँछ । यसलाई निकालेर लगानी गरेपछि बचेको पैसाले उनीहरु कुनै वस्तु खरिद वा अन्य प्रयोजनका लागि खर्च गर्ने गर्छन् ।  

सीप विकासमा लगानी

स्विट््जरल्याण्डमा शिक्षालाई केवल डिग्रीका लागि मात्रै नभई सिप विकासको वृद्धिका लागि समेत महत्व दिइन्छ । स्विस नागरिकहरुले आफ्नो वार्षिक आयको ५–१० प्रतिशत आम्दानी व्यक्तिगत विकासका लागि लगानी गर्ने गर्छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.