नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार २ अर्ब बढीले घट्यो
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.५७ अंकले घटेर २ हजार ६७९.९८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५६.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता...

