११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएकोछ । आज बीमा समूहमा दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढेको छ...

