२८ सय विन्दुमाथि उक्लियो नेप्से, उत्पादन तथा प्रशोधन समूहमा चमक
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.६३ प्रतिशत अर्थात् ४५.१२ अंकले बढेर २ हजार ८०२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२२ प्रतिशतले बढेर ४७६.८८ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा...

