आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।

