५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार
काठमाण्डौ । आज बजार ४५ अंकले बढेर बन्द हुँदा ५ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भयो । यो कारोबार ४ महिनापछिकै उच्च हो । यसअघि गत वर्षको माघ १६ गते करिब साढे ५ अर्बबराबरको कारोबार भएको थियो । प्राविधिक रुपमा आजको बजारलाई विभिन्न इन्डिकेटरबाट हेर्दा सु्पर ट्रेण्डमा पनि बुलिस देखिएको छ । त्यसैगरि, बजारलाई अर्को विश्वासिलो इन्डिकेटर मुभिङ एभरेजबाट नियाल्दा पनि बजार ५०...