पुनः २६ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार भने खुम्चियो
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४५.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ६ अर्ब...