आईतवार, जेष्ठ ३,२०८३ 05:37:09
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:37:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)

Laxmi Sunrise Bank Limited
पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)
Shivam Cement

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्से, सिडिएससीमा सर्वसाधारणको समेत लगानी सुनिश्चित गरी पुनरसंरचना गर्नुपर्ने तथा गैरआवासीय नेपालीहरुलाई लगानीका लागि अझै सहज व्यवस्था लगायत बजार सुधारका १३ बुँदे सुझाव सरकारलाई दिएको छ । 

Bizshala
New Office
CG Motors

पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगले पूँजीबजारको व्यापक सुधार तथा यो क्षेत्रप्रतिको बढ्दो जनविश्वासलाई कायम राखिराख्न तत्काल १३ वटा काम गर्नुपर्ने सरकारलाई सुझाव दिएको हो ।  

आयोगले अर्थमन्त्री विष्णु पौडेललाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्रतिवेदनमा उल्लेख गरिएका पूँजीबजार सुधारका लागि गर्नुपर्ने प्रमुख १३ वटा काम निम्नअनुसार छन् :

-पूँजीबजार सम्बन्धी जनचेतना जगाई पूँजीबजारबाट बित्तीय साधन परिचालन गरेर लगानी प्रवद्र्धन गर्नुपर्ने

-सरकारी ऋणपत्रको दोश्रो बजार कारोबार हुने व्यवस्था तुरुन्त सुरु गर्नुपर्ने

-दोश्रो बजारमा गैरआवासीय नेपालीलाई कारोबार  गर्न अनुमति दिने । यसको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी गैरआवासीय नेपालीको हकमा पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्ने । लगानीकर्ताले दोश्रो बजारमा सेयर खरीद गर्न भित्र्याएको रकमको एक वर्षमा दुईपटक पचास प्रतिशतसम्म रकम मात्र फिर्ता लानसक्ने व्यवस्था गर्ने

-धितोपत्र ऐन, २०६३ मा संसोधन गरी धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नुपर्ने । नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था, नेपाल उद्योग वाणिज्य संघ र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रतिनिधित्व हटाउनुपर्ने । हाल एकजना मात्र विज्ञ राख्ने व्यवस्था रहेकोमा दुईजना राख्ने व्यवस्था गर्ने ।

-धितोपत्र कारोबारका लागि धितोपत्र व्यवसायीमार्फत मार्जिन  कर्जा उपलब्ध हुने  व्यवस्था गर्ने ।  

-पूँजीबजारको विस्तारसँगै नियमन र  सुपरीवेक्षणलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डमा पर्याप्त जनशक्तिको व्यवस्थासहित कार्यक्षमता अभिवृद्धिको लागि स्वयात्तता प्रदान गर्ने ।  

-जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निश्कासन गर्न पाउने व्यवस्था गर्ने ।

-सरकारी वित्तमा चाप परेको स्थिति र पूँजीबजारप्रति बढ्दो जनचासोसँगै इच्छुक लगानीकर्ताहरु रहेको सन्दर्भमा सरकारी संस्थानहरुलाई पब्लिक लिमीटेड कम्पनीमा परिवर्तन गरी निजी क्षेत्रलाई सेयर बिक्री गर्नुपर्ने । यस्तो सरकारी संस्थानमा सरकारले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने

-ठूलो स्तरको सेयर कारोबारमा लाग्ने कारोबार शुल्क काम गर्ने । 

-नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचना गरी यसको पूँजीवृद्धि गर्नुको साथै निजी क्षेत्रलाई सेयर सहभागित गराउनुपर्दछ । सिडिएस एण्ड क्लियरिंग लिमीटेडको पनि पुनरसंरचना गरी नेपाल स्टक एक्सचेञ्जका अतिरिक्त अन्य संस्थालाई पनि सेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने व्यवस्था गर्ने ।  

-वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने । यसको लागि पब्लिक वेयरहाउजिंग ऐन जारी गर्ने ।  

-निजी क्षेत्रका उत्पादनमूलक कम्पनीबाट पूँजीबजारबाट पूँजी परिचालन गर्न सहज बनाउन सेयर तथा बण्ड जारी गर्ने लागत घटाउनुपर्ने र प्रक्रिया सरलीकृत गर्नुपर्ने ।  

-प्रिमियम र बुक बिल्डिंग प्रक्रियाबाट सेयर निश्कासनका लागि पारदर्शी विधि बनाउने र यस सम्बन्धमा जनचेतना बढाउनुपर्ने ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.