लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १२ औं साधारण सभा आज आयोजना हुँदैछ । सभा बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय पारित हुनेछ ।