आज अधिकांश एशियाली बजारमा गिरावट
काठमाण्डौ । बिहिबार अधिकांश एशियाली सेयर बजारमा गिरावट देखिएको छ । कारोबारको सुरुवातमा राम्रो प्रदर्शन गरेका एशियाली बजार आज अन्त्यतमा घटेर बन्द भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको ट्यारिफ नीतिका कारण चिन्ता बढेसँगै आज अधिकांश एशियाली बजारले गिरावटको सामना गर्नु परेको विश्लेषकले बताएका छन् ।