नेप्सेमै अड्कियो ‘एसएमइ प्लेटफर्म’, धितोपत्र बोर्डमा पनि परेन एउटै आवेदन
काठमाण्डौ । साना तथा मझौला कम्पनीलाई पूँजीबजारमा प्रवेश गराउने अवधारणा बोकेको एसएमई प्लेटफर्म नेप्सेमै अड्केको छ । स्रोतका अनुसार नेप्सेले यससम्बन्धी सम्पूर्ण काम सकेता पनि नेप्सेका अध्यक्ष शोभाकर पौडेलको अनिच्छाका कारण बोर्डबाट पारित हुन सकेको छैन । पौडेल छिट्टै बढुवा हुन लागेको र उनको ठाँउमा अर्थ मन्त्रालयबाट नयाँ मान्छे आउने भएकाले पौडेलले रुची नराखेको हुन सक्ने...